डडेल्धुरामा निःशुल्क स्तन तथा पाठेघर क्यान्सर परीक्षण शिविर हुदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: अमरगढी नगरपालिका, डडेल्धुरा अस्पताल र भक्तपुर क्यान्सर अस्पतालको संयुक्त सहकार्यमा निःशुल्क प्याप स्मेयर परीक्षण तथा स्तन क्यान्सर स्क्रिनिङ शिविर आयोजना हुने भएको छ।

Dadeldhura Hospital

नगरपालिकाले जारी गरेको विज्ञप्ति अनुसार, यही २०८१ चैत्र २४ गते डडेल्धुरा अस्पतालमा सञ्चालन हुने उक्त शिविरमा महिलाहरुले निःशुल्क स्तन क्यान्सर परीक्षण तथा उपचार परामर्श सेवाहरु प्राप्त गर्न सक्नेछन्। कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकहरुको टोली उपस्थित रहनेछ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले नगरपालिकाका सबै वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुलाई आवश्यक सहयोग गर्न आग्रह गरेका छन्। साथै, नगरपालिकाले स्वास्थ्य सचेतना अभिवृद्धि तथा स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि शिविरलाई प्रभावकारी बनाउन सबैलाई सहभागी हुन अनुरोध गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.