अछामको जयगढ बजारमा भीषण आगलागी, नौ घर जलेर नष्ट

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

अछाम — अछाम जिल्लाको बान्नीगडी जयगढ गाउँपालिका–५ स्थित जयगढ बजारमा भीषण आगलागी भएको छ।
मुख्य बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी फैलिएको हो।

Dadeldhura Hospital

स्थानीयवासीले आगो नियन्त्रणका लागि प्रयास जारी राखे पनि सफल हुन नसकेको स्थानीय बेदराज तिमिल्सेनाले जानकारी दिए। उनका अनुसार अहिलेसम्म नौ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अझै थप क्षति हुने सम्भावना छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आगलागी नियन्त्रणका लागि सदरमुकाम मंगलसेन नगरपालिकाबाट दमकल पठाइएको छ।
प्रारम्भिक विवरण अनुसार, आगलागीले जयगढ बजारमा ठूलो आर्थिक क्षति पुर्‍याएको अनुमान गरिएको छ। आगो नियन्त्रणमा ल्याउन कठिन भइरहेको जनाइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.