new year2082 desk
Citizan

अछामको जयगढ बजारमा भीषण आगलागी, नौ घर जलेर नष्ट

bhageswar small
alital janahit

अछाम — अछाम जिल्लाको बान्नीगडी जयगढ गाउँपालिका–५ स्थित जयगढ बजारमा भीषण आगलागी भएको छ।
मुख्य बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी फैलिएको हो।

lali

स्थानीयवासीले आगो नियन्त्रणका लागि प्रयास जारी राखे पनि सफल हुन नसकेको स्थानीय बेदराज तिमिल्सेनाले जानकारी दिए। उनका अनुसार अहिलेसम्म नौ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अझै थप क्षति हुने सम्भावना छ।

glam &
Citizan

आगलागी नियन्त्रणका लागि सदरमुकाम मंगलसेन नगरपालिकाबाट दमकल पठाइएको छ।
प्रारम्भिक विवरण अनुसार, आगलागीले जयगढ बजारमा ठूलो आर्थिक क्षति पुर्‍याएको अनुमान गरिएको छ। आगो नियन्त्रणमा ल्याउन कठिन भइरहेको जनाइएको छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.