डोटीमा जिप दुर्घटना: एकको मृत्यु, ६ जना घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डोटी — डोटी जिल्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

धनगढीबाट बैतडीको पुर्चौडीतर्फ जाँदै गरेको सुप-प्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–२ मेलखोला नजिकै भीमदत्त राजमार्गमा मंगलबार राति दुर्घटनामा परेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा परेर ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको छ। गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो, तर उपचार सुरु हुनु अगावै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनामा बैतडी डिलासैनी गाउँपालिका–४ का धीरेन्द्र नेगी (२७), जगदीश जोशी (४४), रामबहादुर नेगी (५३), धना नेगी (६५), वीरबहादुर नेगी (२८) र चालक अशोक बम (२४) घाइते भएका छन्।

घाइतेमध्ये धना नेगी र चालक अशोक बमको अवस्था गम्भीर रहेको छ। उनीहरूसहित सबै घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.