डडेल्धुराको आलितालमा निशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — डडेल्धुराको आलिताल गाउँपालिकामा निशुल्क आँखा शिविर सन्चालन हुने भएको छ ।
गोदाम स्थित स्वास्थ्य चौकीमा यहि जेठ १५ र १६ गते निशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन हुने भएको हो।
आलिताल गाउँपालिका वडा नं. ८ को आयोजनामा र च्यारिटी हेल्थ फाउन्डेसन नेपालको आर्थिक सहयोग तथा धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिन लागेको हो।

Dadeldhura Hospital

शिविरमा आँखाका सबै प्रकारका बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ। साथै, मोतिबिन्दु र आँखामा मासु पलाएका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिनेछ। शल्यक्रियापछि बिरामीलाई आवश्यक औषधी, कालो चस्मा र दृष्टि सुधार गर्न मिल्ने चस्मा पनि वितरण गरिने वडा अध्यक्ष धन बहादुर देउवाले जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गाउँपालिका कार्यालयले सबै स्थानीयलाई शिविरमा उपस्थित भई आँखा परीक्षण गराउन आग्रह समेत गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.