भारतीय दूतावासको उपहार डडेल्धुराको अमरगढी र परशुराममा पनि

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

१९ असार, । नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी र नाफामुलक संस्थाहरुलाई काठमाडौं स्थित भारतीय दूतावासले बस र एम्बुलेन्स उपहार दिएको छ । जस अनुसार डडेल्धुराको महेन्द्र नमुना मध्यमिक बिद्यालयलाइ एउटा स्कुल बस र सोही जिल्लाको परशुराम नगरपालिका वडा नं ९ को स्वास्थ्य इकाइ कार्यलयलाइ एक एम्बुलेन्स सहयोग परेको छ ।
भारत सरकारको अनुदान सहायता अन्तर्गत ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ ।बस र एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको समुपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले चाबी प्रदान गरेका थिए ।भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ कार्यक्रम अन्तर्गत यी एम्बुलेन्स र बस हस्तान्तरण गरेको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.