डडेल्धुराका युवक जेलमै मृत्यु,हत्याको आशंका

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी, कैलाली जिल्ला कारागारमा थुनामा रहेका डडेल्धुराका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। मृतक भागेश्वर गाउँपालिका–५, डडेल्धुराका २८ वर्षीय हरिश सिंह पाली असार २ गते बिरामी परेपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

पाली बैंकिङ कसुरमा दोषी ठहर भई जेल सजाय भोगिरहेका थिए। असार २ गते बिहान उनी अचानक अस्वस्थ भएपछि अस्पताल लगिएको र सोही दिन उनको मृत्यु भएको कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजकुमार सिंहले जानकारी दिए। उनका अनुसार मृत्युको कारणबारे विस्तृत जानकारी आउन बाँकी छ र घटनाबारे अनुसन्धान भइरहेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

तर, मृतकका आफन्तहरूले भने घटनामा शंका व्यक्त गरेका छन्। उनीहरूका अनुसार पालीलाई जेलमै यातना दिइएको हुनसक्ने आशंका गरिएको छ। उनीहरूले माग गरेको सीसीटीभी फुटेज नपाएको, साथै पालीको शरीरमा देखिएको चोटपटकको प्रकृतिले पनि मृत्यु शंकास्पद बनाएको दाबी गरेका छन्।

“हामीले जब शव हे¥यौं, शरीरभर निलडाम थिए, टाउकोको पछाडि भागमा गम्भीर चोट र रगत बगेको अवस्था देखिएको थियो,” एक आफन्तले बताए। साथै, उनीहरूले प्रहरी नायब निरीक्षक हरिजित नाथको खातामा असार २ गते ८५ हजार रुपैयाँ पठाएको दाबी समेत गरेका छन्।

यस घटनाले कारागारभित्र कैदीहरूको सुरक्षाप्रति प्रश्न उठाएको छ। मृतकको शव हाल सेती प्रादेशिक अस्पतालको शवगृहमा परीक्षणका लागि राखिएको छ। घटनाबारे विस्तृत छानबिनको माग गर्दै पीडित पक्षले निष्पक्ष अनुसन्धानको आग्रह गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.