दार्चुलामा बेवारिसे पुरुषको शव फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

दार्चुला — दार्चुला जिल्ला महाकाली नगरपालिका–४ खलङ्गास्थित महाकाली नदी किनारमा एक पुरुषको बेवारिसे शव फेला परेको छ।

Dadeldhura Hospital

आज मिति २०८२ असार १३ गते साँझ करिब ६ बजे स्थानीयवासीले सिमेन्टको ब्लक (सिलिप) मुनी शव च्यापिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा खटिएको प्रहरी टोलीले शव निकाल्दा करिब ३२–३५ वर्ष उमेरको पुरुष रहेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको दाहिने हातमा ‘हेमराज’ र ‘निलम’ लेखिएको ट्याटु भेटिएको प्रहरीले जानकारी दिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

हाल शवको सनाखत हुन नसकेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अस्पताल दार्चुलाको शवघरमा राखिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाले उक्त शवको बारेमा थप जानकारी भएमा आफ्नो कार्यालयको मोबाइल नम्बर ९८५८७८३५५५ मा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रहरीले घटनाको कारण र मृतकको पहिचान खुलाउन थप अनुसन्धान गरिरहेको जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.