अर्घाखाँचीमा पहिरोले पुरिँदा श्रीमान श्रीमतीको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

अर्घाखाँची — भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा आज बिहान पहिरोले पुरिँदा एकै परिवारका दम्पतीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ६६ वर्षीय गोविन्द बुढामगर र उनकी श्रीमती श्यामकला बुढामगर घाँस काट्न र चिउरी टिप्न जंगल गएका बेला बिहान करिब ९ बजेतिर सुक्खा पहिरोले पुरिएर ज्यान गएको हो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। स्थानीयको सहयोगमा खोजी गर्दा उनीहरू सुक्खा पहिरोले पुरिएको अवस्थामा फेला परेका थिए।

ढुङ्गा लागेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले घटनास्थलमै दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए।

Ask ChatGPT
डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.