रंगुन नदीमा बग्दै गरेका युवकको प्रहरी र स्थानीयवासीद्वारा सकुशल उद्धार

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित रंगुन नदीमा बगाउँदै गरेका एक युवकलाई प्रहरी र स्थानीयवासीको सक्रियतामा सकुशल उद्धार गरिएको छ।

Dadeldhura Hospital

मंगलबार साँझ करिब २८ वर्षीय तारा धामीलाई रंगुन खोलाले झन्डै सात सय मिटर तलसम्म बगाएको थियो। आलिताल–८ स्थित घुम्ती बजारबाट घर फर्किने क्रममा उनी खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

घटनाको जानकारी पाएपछि प्रहरी चौकी आलितालबाट प्रहरी सहायक निरीक्षक धनसिंह धामीको नेतृत्वमा गएको टोलीले स्थानीयवासीको सहयोगमा मंगलबार साँझ ६:१५ बजेतिर उनलाई जीवितै उद्धार गरेको हो। उद्धार कार्यमा प्रहरी जवान विशाल भट्ट लगायत स्थानीयवासीको महत्वपूर्ण सहयोग रहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.