कैलालीमा शिक्षकको शंकास्पद मृत्यु, तीन जना पक्राउ

sc mahendra

कैलाली — कैलालीको जानकी गाउँपालिका–४ स्थित जनता नमुना माध्यमिक विद्यालयका ४५ वर्षीय शिक्षक जगदीश पन्तको शंकास्पद मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार घटना शंकास्पद देखिएपछि तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाको नाम भने सार्वजनिक गरिएको छैन।

विगत १७ वर्षदेखि अङ्ग्रेजी विषय पढाउँदै आएका पन्त बिदापछि साउन ३ गते मात्र धनगढीबाट फर्किएका थिए। उनीसँगै फर्किएका अर्का शिक्षकसँग डेरा फरक–फरक रहेको विद्यालयले जनाएको छ।

डेरामा पुगेपछि पन्तले ती शिक्षकलाई टीकापुर बोलाएको र होटलमा छटपटाइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। पेयपदार्थमा विषादी सेवन गरिएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.