श्रीमतीको अवैध सम्बन्धले कञ्चनपुरमा श्रीमानको ह*त्या

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिका–४ सिलकट्टीजाई शिविरका ३५ वर्षीय रामरेसर रानाको आफ्नै घरनजिक हत्या भएको खुलासा भएको छ।

वैशाख १७ गते बिहान रामरेसर घर नजिकैको सडक छेउमा साइकलसहित मृत अवस्थामा फेला परेका थिए। उनी वैशाख १६ गते साँझ खाना खाएर घरबाट निस्किएका थिए तर फर्किएका थिएनन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक खडकबहादुर खत्रीका अनुसार रामरेसरको हत्या उनको श्रीमती माया राना र पुन्ना रानाबीचको अवैध सम्बन्धका कारण भएको हो। पुन्ना र बेलौरी नगरपालिका–४का हुन्।

 

रामरेसरले आफ्नी श्रीमती माया र पुन्नालाई घरमै देखेपछि झगडा भएको थियो। झगडामा पुन्नाले बाँसको चिर्पटले रामरेसरलाई प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। त्यसपछि शवलाई सडक छेउमा लगेर फालिएको थियो। शव फाल्न मृतककी श्रीमती माया र स्थानीय मानमती चौधरीले पुन्नालाई सघाएका थिए।

आरोप स्वीकार गरेपछि पुन्नालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ। माया र मानमतीलाई एक–एक लाख धरौटीमा छाड्ने आदेश भए पनि उनीहरूले धरौटी बुझाउन नसक्दा अहिले कारागारमा छन्।

रामरेसर भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.