डडेल्धुराको अमरगढी किल्लामा ऐतिहासिक कोतघर बन्दै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराको सदियौँ पुरानो अमरगढी किल्लामा नयाँ कोतघरसहितका संरचनाहरू निर्माण हुन थालेका छन्। गोर्खाली सेनापति अमरसिंह थापाले १८४७ ईसापूर्वतिर निर्माण गराएको यो ऐतिहासिक किल्ला तत्कालीन युद्धका महत्वपूर्ण साक्षीमध्ये एक मानिन्छ।

नयाँ कोतघरमा युद्धमा प्रयोग गरिएका हतियार, ऐतिहासिक अभिलेख र किल्लासम्बन्धी पुस्तकहरू राखिनेछन्। अमरगढी नगरपालिका–५, खलंगास्थित यस किल्लामा कोतघर निर्माणसँगै भित्री–बाहिरी ढुङ्गाका पुराना संरचनाहरूलाई पनि पुरानै स्वरूपमा फर्काइनेछ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

यो काम संघीय परियोजना कार्यान्वयन इकाई, धनगढीको प्राविधिक सुपरिवेक्षणमा करिब १ करोड ५० लाख रुपैयाँको लागतमा भइरहेको छ। कोतघर निर्माण अमरगढी नगरपालिका र अर्जुन बाण गण डडेल्धुराको प्रत्यक्ष निगरानीमा छ।

Dadeldhura Hospital

इतिहासमा अमरगढी किल्ला कुमाउँ आक्रमणका बेला अमरसिंह थापाले युद्ध र सुरक्षा, साथै प्रशासनिक कामका लागि बनाएका थिए। यसले कर्णाली नदी पारिका राज्यहरूमा नेपालको शासन विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।

यो नयाँ कोतघर बनेपछि अमरगढी किल्ला ऐतिहासिक, सांस्कृतिक र पर्यटनको एक प्रमुख केन्द्र बन्ने अपेक्षा गरिएको छ। अध्ययन, अनुसन्धान र अवलोकन गर्न आउनेहरूको लागि यो किल्ला अब जीवित सङ्ग्रहालय बन्नेछ।

डडेल्धुराको ऐतिहासिक सम्पदा संरक्षणसँगै सुदूरपश्चिमको गौरवपूर्ण इतिहासलाई पनि जीवन्त राख्ने उद्देश्यले यो काम अघि बढाइएको हो।

किल्ला पुनर्निर्माण तथा कोतघर निर्माण कार्यको शिलान्यास डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले हालै गर्नु भएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.