दार्चुला जिल्ला प्रहरी कार्यालय सुदूरपश्चिममा सर्वोत्कृष्ट

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, सुदूरपश्चिम प्रदेशमा कार्यरत सबै जिल्लामध्ये दार्चुला जिल्ला प्रहरी कार्यालय सर्वोत्कृष्ट घोषित भएको छ।

आर्थिक वर्ष २०८१/८२ का लागि गरिएको वार्षिक कार्यसम्पादन सम्झौताअनुसार दार्चुला प्रहरीले सबैभन्दा उत्कृष्ट कार्य सम्पादन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित समीक्षा कार्यक्रममा दार्चुलाले सबै जिल्लालाई पछि पार्दै उत्कृष्टताको उपाधि हात पारेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

समीक्षा कार्यक्रममा प्रहरी नायव महानिरीक्षक (डीआईजी) डम्बर बहादुर बिकको प्रमुख आतिथ्यमा मातहतका सबै प्रहरी इकाइका प्रमुखहरूले श्रावणदेखि असार मसान्तसम्मका कार्य विवरण प्रस्तुत गरेका थिए। प्रस्तुत विवरण तथा तथ्याङ्कहरूको विश्लेषण गर्दा दार्चुला प्रहरीले सबैभन्दा धेरै लक्ष्य हासिल गर्दै उच्चतम अंक प्राप्त गरेको पुष्टि भएको हो।

उपलब्धिका लागि दार्चुला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहाललाई प्रशंसा–पत्र प्रदान गर्दै डीआईजी बिकले बधाई दिएका छन्।

उनले दाहालको नेतृत्वमा दार्चुला प्रहरीले देखाएको सेवा प्रतिबद्धता, अनुशासन, कार्य दक्षता र जनमैत्री कार्यशैलीको प्रशंसा गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन शुभकामना व्यक्त गरे।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.