Citizan

आलितालको वडा नं १ र २ लाई लक्षित गर्दै नेपाल टेलिकमको सेवा बिस्तार

Chure

lali

नेपाल टेलिकमले आलितालमा आफ्नो सेवा बिस्तार गरेको छ । टेलिकमले डडेलधुराको आलिताल गाउँ पालिकाको वडा नं १ र २ लाई लक्षित गर्दै आफ्नो सेवा थप गरेको हो ।दुई बर्ष अगाडि नै टावरको निर्माण कार्य सम्पन्न भएतापनी सेवा भने बिस्तार गरिएको थिएन ।

glam &
Citizan

अहिले टावर निर्माण भएसगै आलिताल वडा न. १ र २ का जनता खुसी भएका छन् । घर आगनबाटै देश बिदेशमा रहेका आफन्तसग कुरा गर्न पाउदा निकै खुसी लागेको स्थानिय बताउछन् । यस अघि भरपर्दो टेलिफोन नहुदा पुरानै युगमा बांचे जस्तो लागेतापनि अहिले सर्बसाधारण खुसी भएको स्थानियले बताए ।

dipti

पालिका वडा न. २ का अध्यक्ष प्रमोद मल्लले आफ्नो निरन्तर पहलमा आज नेपाल टेलिकमले आफनो सेवा दिएको दाबि गरे । उनका अनुसार दुई बर्ष पहिले टावरको निर्माण कार्य सम्पन्न भएता पनि तत्कालिन सरकारको आवश्यक पहल नगर्दा सेवा सुचारुमा ढिलाई भएको थियो । अहिले आफ्नो कार्यकाल सुरु भएसगैं आफनो निरन्तर पहलले टेलिकमले आफनो सेवा सुचारु गरेको बताए ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.