सुदूरपश्चिममा आइतवार सार्वजनिक बिदा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशमा आइतवार (भोलि) सार्वजनिक बिदा दिइएको छ। साउन १९ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णयअनुसार बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

Dadeldhura Hospital

मन्त्रालयका निमित्त सचिव आमोद दाहालका अनुसार थारू समुदायको अद्वारी (अट्ठारी) पर्वको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइने भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

कृष्ण जन्माष्टमीपछिको पहिलो आइतवार अर्थात् शुक्ल पक्षको पहिलो आइतवार थारू समुदायले अट्ठारी पर्व मनाउँदै आएका छन्। यस दिन पुरुषहरूले विशेष रूपमा ब्रत बस्ने, दाजुभाइहरूले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर पानीसमेत नखाई बेलुकी पूजा गर्ने परम्परा छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.