आलितालमा मौलिक तिज धमाका:प्रथमलाई १० हजारसम्म पुरस्कार

पुरानो परम्परा जगेर्ना गर्दै आलितालमा तिज विशेष कार्यक्रम हुँदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : आलिताल गाउँपालिका–८ मा यस वर्षको हरितालिका तिज विशेष रूपमा मनाइने भएको छ। गाउँपालिकाको वडा न ८ को आयोजनामा आगामी भदौ १२ गते (पन्चमीको दिन) वडा कार्यालयको प्राङ्गणमा भव्य कार्यक्रम आयोजना गरिने भएको हो।

वडाले दिएको जानकारीअनुसार, कार्यक्रमलाई अझ आकर्षक बनाउन विभिन्न वडाका महिला समूहलाई सहभागी गराइ नाच–प्रतिस्पर्धा गराइने छ। यो प्रतिस्पर्धा भने पूर्ण रूपमा खुला हुनेछ, जसमा आफ्नो समूह बनाएर जो–कोही सहभागी हुन सक्नेछन्। सहभागी समूहले आफ्नै मौलिक गीत गाएर नृत्य प्रस्तुत गर्नुपर्नेछ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

वडाध्यक्ष धन बहादुर देउाबले जानकारी दिँदै भने, “तिजको नाममा पछिल्लो समय मौलिकता हराउँदै गएको छ। यसरी आयोजना गरिने प्रतियोगिताले मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै जनचेतना अभिबृद्धि गर्ने छ। मौलिक संस्कृतिको जगेर्ना संगै महिला दिदीबहिनीलाई आफ्नै ढंगले गीत गाउँदै रमाइलो गर्ने अवसर दिने हाम्रो उद्देश्य हो।”

कार्यक्रममा विजयी हुने समूहलाई प्रथम, द्वितीय र तृतीयलाई क्रमसः दश हजार, आठ हजार , छ हजार र  सान्वनालाई तिन हजार पुरस्कार प्रदान पुरस्कार रकम पनि वितरण गरिनेछ। यसरी प्रतिस्पर्धात्मक तर रमाइलो वातावरण सिर्जना गरेर वडाले पुरानो मौलिक परम्परा जगेर्ना गर्ने विश्वास लिएको छ।

Dadeldhura Hospital

आलितालमा तिज मेलाको पुरानो कथा : 

आलिताल–८ को दुर्गा माध्यमिक विद्यालयको प्राङ्गणमा पहिले विशेष तिज मेला लाग्ने परम्परा थियो। करिब एक दशकअघिसम्म तिजको दिन त्यहाँ सारा गाउँभरिका महिला दिदीबहिनी जम्मा भई मौलिक गीत गाउँदै, दिनभर नाच्दै रमाइलो गर्ने गर्थे।

त्यो बेला विद्यालयको प्राङ्गणलाई ‘तिजको एक हब’ मानिन्थ्यो। गाउँघरका मात्र नभई व्यापारिक दृष्टिले विभिन्न ठाउँका व्यापारीहरू पनि त्यहाँ पुग्थे। विद्यालयको आँगन शृंगार–पटारले भरिन्थ्यो। हजारौँ महिलाहरू रातो, हरियो, गुलाबी रंगका पोशाकमा सजिएर जम्मा हुने दृश्य नै अलगै आकर्षण थियो।

तर पछिल्लो केही वर्षयता भने त्यस्तो भव्य मेला देख्न मुस्किल छ। विभिन्न कारणले त्यो परम्परा हराउँदै गएको छ। वडाको यो पहललाई स्थानीयले “पुरानो तिजको झल्को दिने अवसर” भनेर स्वागत गरेका छन्।

यसपटक आयोजना गरिने कार्यक्रममा सहभागी भएर महिला दिदीबहिनीले पुनः आफ्नो मौलिक संस्कृतिको नाच–गान प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.