डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृ*त्यु

sc mahendra

डडेल्धुरा:डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
बिहीबार बिहान करिब ८ बजे से १ ज ७३८ नम्बरको जिप सडकबाट करिब पाँच मिटर तल खस्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

ठाँटा बजारबाट सदरमुकामतर्फ आउँदै गरेको उक्त जिप दुर्घटनामा ४ जना घाइते पनि भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विष्टले जानकारी दिए। मृतक र घाइतेहरूको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.