डडेल्धुरा जिप दुर्घटना अपडेट : मृतक चार जनाकैको सनाखत, ६ घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। बिहीबार बिहान उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर नवदुर्गा गाउँपालिका–५ का १८ वर्षीय सुरेश साउँद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

उनीहरूको घटनास्थलमै मृत्यु भएको जिप्रका डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी डम्बर विष्टले पुष्टि गरे। मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल ल्याइँदैछ।

दुर्घटनामा ६ जना घाइते भएका छन्। घाइते हुनेमा नवदुर्गा–५ बस्ने १८ वर्षीया सुशीला विक, सोही ठाउँका ४८ वर्षीय चन्द्रबहादुर साउँद, जिप चालक ३५ वर्षीय रामबहादुर साउँद, ४ वर्षीया बालिका प्रतिका पार्की, ४४ वर्षीय प्रकाश विक र ४२ वर्षीय गणेशबहादुर साउँद रहेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए।

घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइँदैछ। ठाँटाबजारबाट जिल्ला सदरमुकामतर्फ आँउदै गरेको जिप भित्री कच्ची सडक खण्डबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ। जिप दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.