खुटिया नदीमा डुबेर चार किशोरको असामयिक निधन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी । कैलालीको गोदावरी नगरपालिका–९, शेहरीस्थित खुटिया नदीमा पौडी खेल्ने क्रममा चार किशोरको ज्यान गएको छ।

Dadeldhura Hospital

उनीहरू साथीसँग जन्मदिन मनाउने उद्देश्यले बाहिर निस्किएका थिए। बिहीबार दिउँसो सात जना किशोर धनगढी–५ तारानगरबाट झोलुंगे पुल नजिक नदीमा पुगेका थिए। जन्मदिनको रमाइलो गर्ने क्रममा उनीहरूले नदीमा पौडी खेल्ने निर्णय गरे। तर चार जना गहिरो पानीमा डुबेर बेपत्ता भए भने तीन जना भने सकुशल बाहिरिएका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

डुबेर मृत्यु हुनेमा धनगढी–५ तारानगरका १७ वर्षीय सक्षम जोशी, त्यही वडाको हसनपुरका १७ वर्षीय प्रतिक चौधरी, धनगढी–४ उत्तर बेहडीका जेव भण्डारी र जाबेज भण्डारी रहेका छन्। उनीहरु जुम्ल्याहा रहेको बुझिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी रणबहादुर चन्दका अनुसार चारै जनाको शव खुटिया नदीमै फेला पारिएको र पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ। खुटिया नदी र कैलालीकै अन्य खोलानदीमा हरेक वर्ष डुबेर ज्यान गुमाउने घटना दोहोरिँदै आएको छ। स्थानीय बासिन्दाले खतरापूर्ण ठाउँमा चेतावनी संकेत राख्ने, प्रहरी र स्थानीय तहले सचेतना अभियान चलाउने र किशोरकिशोरीलाई जोखिमपूर्ण ठाउँमा पौडी नगर्न अभिभावकले विशेष ध्यान दिनुपर्ने बताएका छन्

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.