आलितालमा स्वास्थ्य शाखाको वार्षिक प्रगति समीक्षा सम्पन्न

sc mahendra

डडेल्धुरा – आलिताल गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ। हिजो शुक्रबार गत आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाभित्रका स्वास्थ्य सेवा, जनशक्ति, औषधि आपूर्ति तथा रोग नियन्त्रण सम्बन्धी कार्यहरूको मूल्याङ्कन गर्दै भविष्यका प्राथमिकता तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।


कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी,तथा सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो। समीक्षामा मातृ–शिशु स्वास्थ्य सेवा, खोप कार्यक्रम, कुपोषण न्यूनीकरण, सरसफाइ र रोग नियन्त्रणका क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताइयो।
तर दुर्गम बस्तीमा स्वास्थ्य सेवा सहज बनाउन अझै चुनौती कायम रहेको जनाइएको छ। औषधि आपूर्ति र स्वास्थ्यकर्मी स्थायित्वको विषयमा सरोकारवालाहरूले प्रश्न उठाएका थिए।
स्वास्थ्य शाखा प्रमुख धन बहादुर क्षेत्रीले प्राप्त सुझावलाई आगामी कार्ययोजना बनाउन मार्गदर्शन हुने उल्लेख गर्दै सबै पक्षसँग सहकार्य गरेर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

You might also like
Leave A Reply

Your email address will not be published.