डडेल्धुराको आलितालमा रङ्गुन खोलाले बगाउँदा बुढामगरको मृत्यु

sc mahendra

डडेल्धुरा : डडेल्धुरामा खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । डडेल्धुराको आलिताल गाउँपालिका–३ नवलपुरका ५४ वर्षीय ईश्वर बुढामगरको रङ्गुन खोलाले बगाउँदा मृत्यु भएको हो।

भदौ १८ गते राति करिब २ बजे घरबाट निस्केका उनी हराइरहेपछि परिवारले खोजी गरेको थियो। खोजीक्रममै भदौ २० गते साँझ ५ बजे परशुराम नगरपालिका–१२ तुलाभाडीस्थित रङ्गुन खोलाको किनारमा उनको शव फेला परेको डडेल्धुरा प्रहरी निरीक्षक डम्मर विष्टले जानकारी दिए।

परिवारका अनुसार बुढामगरको मानसिक अवस्था ठिक नभएको बुझिएको छ। हाल शवलाई पोष्टमार्टमका लागि जोगबुडा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

यतिबेला वर्षातका कारण खोलानाला र नदीमा पानीको बहाव बढेकाले सतर्क रहन, खोलातिर नजान तथा आवश्यक पर्दा नजिकैको पुलमार्फत मात्र आवतजावत गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.