जेनजी पुस्ताले आज माइतीघरमा प्रदर्शन गर्दै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं – राजधानी काठमाडौंको माइतीघरमा आज (सोमबार) बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन सुरु गरेका छन्। सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध आवाज उठाउँदै उनीहरूले माइतीघरमा भेला भई शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन्।

प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिइएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिएका छन्। उनले निषेधित क्षेत्रबाहेक अन्य ठाउँमा शान्तिपूर्ण आन्दोलन गर्न रोक नलगाइने बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवाहरूलाई ‘जेनजी पुस्ता’ भनिन्छ। उनीहरूले माइतीघरबाट मार्च पास गर्दै बिहान ११ बजेतिर नयाँबानेश्वर पुग्ने कार्यक्रम तय गरेका छन्।

यस आन्दोलनलाई विभिन्न नेता तथा जनप्रतिनिधिहरूले समर्थन जनाएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत समर्थन व्यक्त गरेका छन् भने कांग्रेस नेता शेखर कोइरालाले पनि यो आन्दोलन जायज भएको टिप्पणी गरेका छन्।

त्यसैगरी, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले समेत आफू प्रदर्शनमा सहभागी हुने घोषणा गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.