आन्दोलनपछि राजधानीका सडकमा सेना गस्ती सुरु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

२५ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा मंगलबार भएको तोडफोड र आगजनीपश्चात् राजधानी काठमाडौंका सडकमा नेपाली सेना गस्तीमा उत्रिएको छ। राति १० बजेदेखि सेनासहित विभिन्न सुरक्षा निकाय परिचालित भई उच्च सतर्कता अपनाइएको हो।

Dadeldhura Hospital

सुरक्षाकर्मीहरूले घरबाहिर वा गल्लीमा निस्किएका सर्वसाधारणलाई विना कारण बाहिर ननिस्किन आग्रह गर्दै घर फर्काइरहेका छन्। यद्यपि आकस्मिक सेवामा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा आपत्कालीन काममा संलग्न व्यक्तिलाई परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिइएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रदर्शनकारीहरूले आगो लगाएको संसद भवन वरपर सेना परिचालन गरिएको छ र सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ। साथै अन्य संवैधानिक अंग र सरकारी कार्यालय वरपर पनि सेना तथा सुरक्षाकर्मीहरूको गस्ती बढाइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.