जेनजी आन्दोलनमा ज्यान गुमाएका १० जनाको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिदै

sc mahendra

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १० जनाको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने तयारी भएको छ। त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जनासहित १० मृतकको शव आज अन्त्येष्टि गरिँदैछ।

अन्त्येष्टिअघि शव गाडीमा राखी नगर परिक्रमा गरिने तयारी भएको मृतकमध्ये एकका आफन्तले जानकारी दिएका छन्। यसअघि आन्दोलनमा ज्यान गुमाएका केहीको दाहसंस्कार भइसकेको भए पनि थप १० जनाको अन्त्येष्टि भने आज हुन लागेको हो।

सरकारले मृतकलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ। नवनियुक्त गृह, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्ने क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गरिने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुने बताएका थिए।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई क्षतिपूर्ति स्वरूप १० लाख रुपैयाँ र अन्य खर्चबापत थप ५ लाख रुपैयाँ गरेर कुल १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। अर्थ मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासनले उक्त रकम हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ।

जेनजी आन्दोलनमा हालसम्म ७२ जनाको मृत्यु भएको सरकारको तथ्याङ्कमा उल्लेख छ।

You might also like
Leave A Reply

Your email address will not be published.