सदरमुकाम डडेल्धुराका एग्रोभेट र फार्मेसीमा अनुगमन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः जिल्ला प्रशासन कार्यालय डडेल्धुराले संयुक्त बजार अनुगमन गरेको छ। शुक्रबार प्रशासनले जिल्ला सदरमुकामको कीर्तिपुर, बागबजार, बगरकोट रोड र स्याउले क्षेत्रमा अनुगमन गरेको हो।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत हेमप्रसाद ढकालको नेतृत्वमा डडेल्धुरा अस्पताल, स्वास्थ्य कार्यालय, अमरगढी नगरपालिका, कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रहरी कार्यालय तथा नेपाल पत्रकार महासंघका प्रतिनिधिको संयुक्त टोलीले अनुगमन गरेको हो।

 

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

एग्रोभेट र फार्मेसी गरी १० वटा व्यवसायिक फर्मको अनुगमन गरिएको प्रशासनका सूचना अधिकारीसमेत रहेका ढकालले जानकारी दिए। उनका अनुसार संयुक्त बजार अनुगमन टोलीले ६ हजार ९ सय २० रूयैयाँ बराबरको म्याद नाघेको औषधि बरामद गरी नष्ट गरेको छ।

उक्त म्याद नाघेको औषधि बरामद गरेर नष्ट गरिएको र आगामी दिनमा भेटिएमा व्यापारीहरूलाई कारबाही गर्ने चेतावनी दिइएको ढकालले बताए। अनुगमन टोलीले एग्रोभेट र फार्मेसीलाई सबैले देख्ने गरी मूल्य सूची राख्न पनि निर्देशन दिइएको उनले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.