नेपाल आईसीसी टी–२० विश्वकप एसिया छनोटको च्याम्पियन बन्न सफल

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

३१ असोज, नेपालले अपराजित रहँदै आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट प्रतियोगिताको उपाधि जितेको छ। शुक्रबार सम्पन्न अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले समूह चरणदेखि सुपर सिक्ससम्मका सबै खेल जित्दै च्याम्पियन बन्न सफल भएको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २११ रन बनाएको थियो। ओपनर आसिफ शेखले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले २ चौका र ४ छक्कासहित ५३ रनको अर्धशतकीय योगदान दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

इन्निङ्सको अन्त्यतिर लोकेश बमले ११ बलमा ३९ रनको आक्रामक खेल खेले। कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे भने कुशल भुर्तेलले १७ रन बनाए। सामोआका लागि डानियल बर्गस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले समान एक–एक विकेट लिए।

Dadeldhura Hospital

लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको सामोआ २० ओभरमा ७ विकेट गुमाएर ८७ रनमै सिमित रह्यो। सामोआका सिन सोलियाले सर्वाधिक ४० रनको योगदान गरे। नेपालका ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले एक–एक विकेट लिए।

यो उपाधिसँगै नेपालले ११ वर्षपछि पहिलो पटक आईसीसीको कुनै प्रतियोगितामा च्याम्पियन बन्ने उपलब्धि हासिल गरेको छ। यसअघि सन् २०१४ मा नेपालले आईसीसी डिभिजन–४ को उपाधि जितेको थियो। पछिल्लो समय सन् २०२३ मा विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भएको थियो।

छनोट प्रतियोगिताबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपका लागि टिकट पक्का गरेका छन्।

नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो। सुपर सिक्समा प्रवेश गर्दा नेपालले जापानविरुद्धको जितको दुई अंक बोकेको थियो। सुपर सिक्समा नेपालले यूएईलाई १ रनले, कतारलाई ५ रनले र ओमानलाई ३८ रनले हराउँदै अपराजित यात्रासँगै उपाधि हात पारेको हो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.