झोलुंगे पुलमा जेनजी युवाद्वारा झण्डा सजावट — स्थानीय पर्यटनमा नयाँ सम्भावना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा। आलिताल गाउँपालिका–८ मौरी बजार नजिक रहेको झोलुंगे पुल, जसले वडा नं. ८ र ३ लाई जोड्छ, हालै जेनेजी युवाहरूले विभिन्न रंगका झण्डाले आकर्षक रूपमा सजाएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

युवाहरूको यस सृजनात्मक पहलले पुलको सौन्दर्य बढ्नुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा सकारात्मक ऊर्जा थपिएको छ।

पुलमा झण्डा सजिएपछि दैनिक आवत–जावत गर्ने बासिन्दादेखि घुम्न आउने सर्वसाधारणसम्म सबैले नयाँ र रमाइलो वातावरणको अनुभव गर्ने भएका छन्। विशेषगरी युवाहरूले फोटो र भिडियो खिच्न पुललाई आकर्षक स्थानका रूपमा प्रयोग गर्न थालेपछि यहाँको चहलपहल अझै बढ्ने अपेक्षा गरिएको छ ।

Dadeldhura Hospital

आलिताल युवा समाजका संयोजक नविन बिष्टका अनुसार, ‘‘८ र ३ नम्बर वडालाई जोड्ने यो झोलुंगे पुल हाम्रो स्थलको पहिचान हो। यसलाई अझै सुन्दर र पर्यटकमैत्री बनाउन हामीले झण्डा सजावट अभियान सुरु गरिएको बताए।

स्थानीयवासीले पनि युवाहरूको सक्रियतालाई सराहना गरेका छन्। मौरी बजार वरपरको बजार तथा घुमफिर गर्ने स्थानमा मानिसहरूको आवागमन बढ्ने र स्थानीय आर्थिक क्रियाकलापमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा रहेको बताइन्छ।

आलिताल गाउँपालिकाले युवाहरूको प्रयासलाई प्रशंसा गर्दै आगामी दिनमा पुल क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाउने योजनामा रहेको जनाएको छ। जेनेजी युवाहरूको यो पहलले गाउँको पहिचान मात्र उजागर गरेको होइन, आलितालमा पर्यटन सम्भावना अभिवृद्धिमा महत्वपूर्ण टेवा पुर्‍याएको विश्वास गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.