१२ दलको एकता अब प्रदेश–प्रदेशमा विस्तार, सुदूरपश्चिमबाट औपचारिक सुरुवात

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित १२ दलबीच १९ कात्तिकमा भएको एकता प्रक्रिया अब प्रदेशगत संरचनासहित अगाडि बढ्न लागेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालको कार्यसूचीअनुसार मंसिर महिनाभर देशभर ‘एकता सन्देशसभा’ सञ्चालन हुनेछ।

१२ मंसिर सुदूरपश्चिमबाट औपचारिक सुरुवात

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

एकता अभियानको औपचारिक थालनी १२ मंसिर सुदूरपश्चिम प्रदेशबाट हुने निश्चित भएको छ। त्यसअघि नै प्रदेशस्तरीय संयुक्त संरचना सार्वजनिक गर्ने तयारी भएको एक नेताले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशको संयुक्त संरचनामा भीम रावललाई इन्चार्ज दिने सहमति अन्तिम चरणमा पुगेको बताइएको छ। रावलसँगै संयोजक वा सह–इन्चार्जका रूपमा माओवादी संसदीय दलका नेता खगराज भट्टलाई प्रस्ताव गरिएको छ।

८–९ सय सदस्यको संयुक्त समिति

माओवादी केन्द्रको प्रदेश समिति करिब ५ सय सदस्य, एकीकृत समाजवादीको करिब ३ सय सदस्य तथा रावल नेतृत्वको जागरण अभियान समेटिँदा ८–९ सय सदस्यीय संयुक्त प्रदेश समिति बन्ने अनुमान गरिएको माओवादी प्रदेश सचिव जनक बुढाले बताए।

नयाँ संरचनामा इन्चार्ज रावल, संयोजक माओवादी केन्द्रबाट र सह–संयोजक एकीकृत समाजवादीबाट रहने प्रारम्भिक मोडालिटी बनेको स्रोतको दाबी छ। सह–इन्चार्ज पद पनि दुबै दलबीच बाँडफाँड हुनेछ।

देशभर सन्देशसभा कार्यक्रम

Dadeldhura Hospital

सुदूरपश्चिमबाट सुरुवातसँगै एकीकृत कम्युनिस्ट संरचना औपचारिक रूपमा सञ्चालनमा आउनेछ।
अनुसारित कार्यक्रमः

१३ मंसिर – लुम्बिनी

१४ मंसिर – गण्डकी

१५ मंसिर – कोशी

१७ मंसिर – उपत्यका

१८ मंसिर – कर्णाली

१९ मंसिर – सम्पर्क–समन्वय

२० मंसिर – मधेश

२३ मंसिर – बागमती

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.