
१७ मंसिर, काठमाडौं । मन्त्री कुलमानले बत्ती बालेर उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु भएको छ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा केहीबेरमै सभा सुरु भएको हो ।
ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो पार्टीको घोषणा सभालाई स्वयं घिसिङले सम्बोधन गर्ने बताइएको छ ।

पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षमा निर्वाचन आयोगमा पार्टी भएको छ ।

पार्टी घोषणा सभास्थलमा हरियो टोपी लगाएका हरियो झन्डा बोकेकाहरूको बाक्लो उपस्थिति छ । बलिरहेको चिम चुनाव चिह्न राखेको यस पार्टीले सभास्थलको प्रवेशद्वारामै ठूलो चिमको प्रतीकात्मक रूपमा खडा गरिएको छ ।
सभामा सहभागी हुन मन्त्री घिसिङ भर्खरै पुगेका छन् ।



