एनपीएल फाइनल आज:सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुँदैछ। दिउँसो साढे ३ बजे सुरु हुने निर्णायक खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि आमनेसामने हुँदैछन्।

Dadeldhura Hospital

सुदूरपश्चिम रोयल्सले लिग चरणमा सशक्त प्रदर्शन गर्दै पहिलो क्वालिफायरमार्फत विराटनगर किङ्सलाई ७७ रनले हराएर सीधै फाइनल यात्रा तय गरेको हो। गत सिजन उपविजेता बनेको सुदूरपश्चिम यसपटक पहिलो उपाधि जित्ने लक्ष्यमा छ। कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा टोली ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सन्तुलित देखिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उता, कप्तान रोहित पौडेलको नेतृत्वमा लुम्बिनी लायन्सले उतारचढावपूर्ण सुरुवातपछि उत्कृष्ट पुनरागमन गर्दै फाइनल पुगेको हो। इलिमिनेटरमा काठमाडौं गोर्खाज र दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई पराजित गर्दै लुम्बिनीले आफ्नो लय प्रमाणित गरेको छ। बलियो बलिङ आक्रमण र सुधारिएको ब्याटिङ लुम्बिनीको प्रमुख हतियार हो।

स्थिर प्रदर्शनको सुदूरपश्चिम र पुनरागमनसहित आएको लुम्बिनीबीचको फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। आज दुई सबल टोलीमध्ये एकले पहिलो पटक एनपीएल ट्रफी उचाल्नेछ। विजेताले रु १ करोड १० लाख र उपविजेताले रु ५१ लाख पुरस्कार पाउनेछन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.