विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाद्वारा शालिक स्थापना गर्ने निर्णय

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुर : कञ्चनपुरका २४ वर्षीय विद्यार्थी स्वर्गीय विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले शालिक स्थापना गर्ने निर्णय गरेको छ। विपिनको घर जाने सडकस्थित पूर्व–पश्चिम राजमार्ग र ब्रह्मदेव लिङ्क सडकको मुख्य चोकलाई ‘विपिन जोशी चोक’ नामकरण गरी सोही स्थानमा शालिक निर्माण गरिनेछ। शालिकका लागि नगरपालिकाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने आगामी वर्ष थप बजेटको व्यवस्था गरिनेछ।

Dadeldhura Hospital

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका बेला हमासको आक्रमणमा बन्धक बनाइएका थिए। बन्धक अवस्थामै उनको निधन भएको थियो र गत कात्तिकमा हमासले उनको शव हस्तान्तरण गरेको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.