आलितालमा सडक नाटक तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : आलिताल गाउँपालिकामा लैङ्गिक समानता, समावेशी स्वास्थ्य सेवा तथा सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सडक नाटक तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने भएको छ।

आलिताल गाउँपालिकाको समन्वय तथा मण्डला नाटक समूह नेपालको आयोजनामा सञ्चालन हुन लागेको उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक–विद्यार्थी, स्वास्थ्यकर्मी, महिला समूह, युवा क्लब, आमा समूह, दिदीबहिनी तथा सर्वसाधारणको सहभागिता रहने गाउँपालिकाले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

Dadeldhura Hospital

गाउँपालिकाद्वारा जारी सूचनाअनुसार कार्यक्रम मिति २०८२ पौष  १६, १७ र १८ गते विभिन्न स्थानमा सञ्चालन हुनेछ।

कार्यक्रम तालिका अनुसार पौष १६ गते बिहान ११ बजेदेखि गाउँपालिका सभाहलमा जनप्रतिनिधिसँग अन्तरक्रियात्मक खेल सञ्चालन गरिनेछ भने सोही दिन दिउँसो २ बजे गाउँपालिका प्राङ्गणमा सडक नाटक प्रदर्शन हुनेछ।

त्यसैगरी पौष  १७ गते श्री दुर्गा माध्यमिक विद्यालय वडा नं. ८ डोला र १८ गते श्री कृष्ण कालिका माध्यमिक विद्यालय वडा नं. ४ घरेलुको विद्यालय प्राङ्गणमा सडक नाटक प्रदर्शन गरिने कार्यक्रम रहेको छ।

गाउँपालिकाले सम्बन्धित सबै सरोकारवाला तथा स्थानीय नागरिकलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन अनुरोध गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.