डडेल्धुराको आलितालमा नि:शुल्क आँखा शिविर:७२६ जनाले सेवा लिए,१०२ जनाको शल्यक्रिया

sc mahendra

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा सञ्चालन गरिएको निशुल्क आँखा सल्यक्रिया शिविरबाट ७२६ जनाले सेवा लिएका छन्।
आलिताल गाउँपालिकाको आयोजना, च्यारिटी हेल्थ फाउन्डेसन नेपालको आर्थिक सहयोग तथा धनगढी नेत्रालय र श्री कृष्ण आँखा अस्पतालको प्राविधिक सहयोगमा पालिकाका तीन स्थानमा शिविर सञ्चालन गरिएको थियो।


शिविर वडा नं. ६ लाई लक्षित गर्दै झरकाडा, वडा नं. १ को उणिकोट र वडा नं. ८ को गोदाम स्वास्थ्य चौकीमा आयोजना गरिएको थियो। ती तीनै स्थानमा सञ्चालन गरिएको शिविरबाट कुल ७२६ जनाले सेवा लिएको वडा अध्यक्ष धनबहादुर देउवाले जानकारी दिए।
उनका अनुसार शिविरमा आएका मध्ये १०२ जनाको आँखा शल्यक्रिया गरिएको छ भने ३१६ जनालाई चस्मा वितरण गरिएको छ। अन्य सेवाग्राहीले ओपिडी सेवा लिएका थिए।
शिविरमा आँखा परीक्षण, मोतीबिन्दु पहिचान तथा शल्यक्रिया, औषधि वितरण, चस्मा वितरण तथा आवश्यक परे बिरामीलाई रेफर गर्ने सुविधा प्रदान गरिएको थियो।
यसअघि उपचारका लागि धनगढी वा सदरमुकाम धाउनुपर्ने बाध्यता रहेकोमा अहिले आफ्नै गाउँमै सेवा पाउँदा स्थानीयवासी खुशी भएका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.