Citizan

देउवाले सघाउने आश्वासन पछि खगराज भट्ट कञ्चनपुर-२ बाट चुनाव लड्ने तयारी

डडेल्धुरामा देउवालाई सघाउने

suchana alital
Chure

काठमाडौंः नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले कञ्चनपुरबाट चुनाव लड्ने तयारी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट तीन पटक पराजित भएका भट्ट गठबन्धन भएपछि चुनाव लड्न कञ्चनपुर झर्ने तयारी गरेका हुन् ।

गठबन्धनबाट देउवा डडेल्धुरा चुनाव लड्ने पक्का भएपछि भट्ट कञ्चनपुर क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने तयारी गरेका छन् । देउवा आफैँले पार्टीका सुदूरपश्चिमका नेता कार्यकर्तासँगको एक भेटमा माओवादी नेता भट्टलाई सुदूरपश्चिमका जुनसुकै जिल्लाबाट चुनाव लडाएर भए पनि संसद्‍मा ल्याउने बताएका थिए ।

glam &
dipti
Citizan

‘खगराजजी मसँग लडेरै तीन पटक हार्नुभयो । यो पटक मैले न्याय गर्नुपर्ने छ । कैलाली वा कञ्चनपुरको कुनै एक क्षेत्रबाट सहयोग गरेर संसद्‍मा ल्याउनुपर्छ भन्ने सोचेको छु,’ देउवाको भनाइ उद्धृत गर्दै ती काँग्रेसका नेताले भने । माओवादी नेता भट्टले समेत देउवाको आशय बुझेरै कञ्चनपुर २ बाटै चुनाव लड्ने गरी गृहकार्य थालेका छन् ।

पहिलो संविधान सभा निर्वाचनमा देउवासँग १ हजार ३६८ मतको अन्तरले मात्रै पराजित भएका थिए । त्यतिबेला देउवाले २० हजार ५२९ मत ल्याउँदा खगराजले १९ हजार १६१ मत ल्याएका थिए । दोस्रो संविधान सभाको निर्वाचनमा भने मतान्तर थप फराकिलो भयो । देउवाले २३ हजार ९२० मत ल्याउँदा खगराजले १२ हजार ४९३ मत मात्रै ल्याए ।

२०७४ सालको चुनावमा वाम गठबन्धनका तर्फबाट भाग लिएकाले खगराजले चुनौती दिएका थिए । तर, जित भएनन् । मतान्तरमा पनि सुधार आउन सकेनन् । स्थानीय तहको पार्टीगत मतलाई मूल्याङ्कन गर्न देउवाको भन्दा खगराजको अवस्था बलियो देखिन्थ्यो । तर, देउवा ६ हजार ९२९ मत अन्तरले विजयी भएका थिए ।

lali

अब हुने मङ्सिरको चुनावमा देउवा डडेल्धुराबाट चुनाव लड्ने भएपछि काँग्रेस नेताहरूले भट्टलाई कैलाली क्षेत्र चारबाट चुनाव लडाउने तयारी गरेका छन् । तत्कालीन माओवादी नेता लेखराज भट्टको क्षेत्रमा खगराज भट्टलाई लडाएर जिताउने उनीहरुको योजना छ । ​तर, खगराज भट्टले डडेल्धुरा आफ्नो क्षेत्र छोड्नु पर्ने भएमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने इच्छा व्यक्त गरे।

‘मेरो निर्वाचन क्षेत्र र देउवा जीको डडेलधुरा हो । गठबन्धनबाट डडेल्धुराबाट चुनाव लड्ने नभएमा कैलालीबाट चुनाव लड्दिनँ कञ्चनपुर दुईबाट लड्छु’ भट्टले भने, ‘तर,पार्टीको सिपाही हुँ । पार्टीले जहाँबाट लड भन्छ त्यहीँबाट लड्छु । अब प्रतिस्पर्धा गर्ने ठाउँ मात्रै भन्दा पनि आफूले क्षमता प्रदर्शन गर्न सक्नेमा जान पाए हुन्थ्यो भन्ने छ ।’ पाँच दलीय गठबन्धन बनाएपछि आफूले देउवासँग एक पटक मात्रै भेटघाट भएको भट्टले बताए ।

‘देउवाजीसँग मेरो व्यक्तिगत सम्बन्ध कहिल्यै नराम्रो भएन । तीन पटक प्रतिस्पर्धी भए पनि एक अर्काप्रति सद्भाव नै भयो । पछिल्लो अवस्थामा देउवा जीसँग निर्वाचन क्षेत्रलाई लिएर छलफल भएको छैन’ भट्टले भने, ‘गठबन्धन भए लगतै यो गठबन्धन बलियो बनाउनु पर्‍यो । हामी सबैले सबैको बारेमा सोच्नु पर्‍यो भनेको थिएँ । तपाई र मेरो गृह जिल्ला एउटै पर्‍यो । हाम्रो प्रदेशमा नमुना गठबन्धन बनाउन पर्‍यो भन्ने कुरा राखेको थिएँ ।’ देउवासँग निर्वाचन क्षेत्रलाई लिएर छलफल भने नभएको भट्टले बताए ।

यस क्षेत्रमा नेपाली काँग्रेसका नेता एनपी साउदको पनि हो । उनी समेत यहीँ क्षेत्रबाट प्रतिनिधित्व गर्छन् । साउदसमेत देउवा निकट भएकाले भट्टले गठबन्धनबाट सजिलै टिकट पाउन मुस्किल देखिएको छ । २०७४ सालको चुनावमा एमालेका नरबहादुर धामीले चुनाव जितेका थिए । धामीले ३३ हजार २ सय २० मत ल्याएर विजयी भएका थिए भने साउद २४ हजार ८ सय ९३ मत ल्याएर पराजित भएका थिए ।

गत वैशाख ३० गतेको चुनावमा यस क्षेत्रमा काँग्रेस पहिलो,एमाले दोस्रो र माओवादी तेस्रो भएको थियो । कञ्चनपुरका ९ स्थानीय तहमध्ये माओवादीले बेलौरी नगरपालिका मात्रै तिजेको छ ।

पाँच स्थानीय तह काँग्रेस र तीन स्थानीय तह एमालेले जितेको छ । यस्तै २०७४ सालको चुनावमा कञ्चनपुर क्षेत्र नम्बर एकमा माओवादी पोलिटब्यूरो सदस्य विना मगर र क्षेत्र नम्बर तीन एमाले नेता दीपकप्रकाश भट्टले जितेका थिए। मगरको क्षेत्र एक पक्कापक्की नै छ। क्षेत्र नम्बर तीनमा भने काँग्रेस नेता रमेश लेखक गठबन्धनबाटै लड्ने निश्चित जस्तै छ। –रातोपाटी

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.