डडेल्धुरामा सात दिने युवा योग प्रशिक्षण शिविर हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुरामा सुदूरपश्चिम प्रदेश स्तरीय युवा योग सात दिने प्रशिक्षण शिविर हुने भएको छ। पतञ्जली योग समिति डडेल्धुराको आयोजनामा यहीँ भदौ २० देखि २६ गतेसम्म संचालन हुने भएको हो।

पतञ्जली योग समिति डडेल्धुराले शुक्रबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रशिक्षण शिविरबारे जानकारी गराएको हो। प्रशिक्षण शिविरमा ९ वटै जिल्लाका युवाहरू सहभागी हुने योग समिति डडेल्धुराका अध्यक्ष कैलाशकुमार पाण्डेयले जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

उनका अनुसार एक जिल्लाबाट चार–चार जना युवाको सहभागिता रहनेछ । डडेल्धुराका साता स्थानीय तहबाट दुई–दुई गरी १४ जना सहभागी हुने अध्यक्ष पाण्डेयले बताए।

पतञ्जली योग समिति युवा नेपाल प्रमुख साध्वी पुज्य डा.देव विजयाले प्रशिक्षण दिने पतञ्जली योग समिति सुदूरपश्चिमका प्रभारी गोविन्द खडायतले जानकारी दिए। उनकाअनुसार शिविरमा योग अभ्यास, शारीरिक व्यायाम, बौद्धिक सत्र, आत्म रक्षासम्बन्धमा युवाहरूलाई प्रशिक्षण दिइनेछ।

युवाहरूलाई योगतर्फ आकर्षण गर्न र सिकेका कुरा आफ्नो ठाउँमा पनि सिकाउने उदेश्यले योग शिविरको आयोजना गर्न लागिएको खडायतले बताए। शिविरमा ५० जना जति युवाहरू सहभागी हुने उनको भनाइ छ। शिविर बिहान ५ बजेदेखि राति सवा ८ बजेसम्म संचालन हुने आयोजकले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.