ब्याङ्लोरबाट आलितालकी २० वर्षीया महिला तीन दिनदेखि सम्पर्कविहीन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा :  भारतको ब्याङ्लोरमा रोजगारीका लागि पुगेकी डडेल्धुराको आलिताल गाउँपालिका–४ धारापानीकी २० वर्षीया पवित्रा ठगुन्ना (बोहरा) तीन दिनदेखि सम्पर्कविहीन भएकी छन्।

उनका श्रीमान् २४ वर्षीय प्रकाश बोहराका अनुसार पवित्रा तीन दिनदेखि सम्पर्कमा आएकी छैनन्। धन कमाउने उद्देश्यले श्रीमान्–श्रीमती दुवै भारतको ब्याङ्लोरमा रोजगारीका लागि पुगेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रकाशले आफ्नी श्रीमती अन्य कुनै युवकसँग गएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। केही दिनदेखि श्रीमतीले अन्य युवकसँग कुराकानी गर्ने गरेको उनको आरोप छ। सम्पर्कविहीन हुनुअघि आफूलाई निद्राको औषधि खुवाएर लठ्ठ पारेको र त्यसपछि श्रीमती सम्पर्कविहीन भएको आरोपसमेत उनले लगाएका छन्।

Dadeldhura Hospital

प्रकाशका अनुसार श्रीमती कहाँ र कोसँग गएकी हुन् भन्नेबारे आफूलाई कुनै जानकारी छैन। आफूले कमाएको रकम तथा गरगहनासमेत लिएर गएको उनको आरोप छ।

पवित्राको खोजीका लागि भारतको प्रहरी कार्यालयमा समेत जाहेरी दिएको प्रकाशले बताएका छन्। उनले श्रीमती जहाँ भए पनि सुरक्षित रूपमा सम्पर्कमा आउन आग्रह गरेका छन्।

पवित्राको माइती घर आलिताल गाउँपालिका–४ कोइलानीमा रहेको बताइएको छ। यता, माइती पक्षले पनि आफ्नी छोरीलाई गुमनाम पारिएको आरोप लगाएका छन्।

घटनाबारे भारतीय प्रहरीबाट अनुसन्धान भइरहेको बताइएको छ। पवित्राको वास्तविक अवस्था र उनी सम्पर्कविहीन हुनुको कारणबारे भने पुष्टि हुन बाँकी छ।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.