चलचित्र प्रेम गीत-३ ले तीन दिनको ब्यापार १७ करोड बढी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

काठमाडौं : प्रेम गीत ३ ले तेस्रो दिनसम्म विश्वभरि १७ करोड बढी कमाइ गरेको छ। बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले भारतमात्रै आइतबार ६४ लाख भारतीय रुपैयाँ कमाएको छ।नेपालमा भने आइतबार यो फिल्मले डेढ करोडको कमाइ गरेको छ। भारतबाहेक यो फिल्मले २ करोड ३९ लाख भारतीय रुपैयाँ कमाएको छ। यो फिल्मले पहिलो दिन ७ करोड ७५ लाख बढी कमाइ गरेको थियो। नेपाली फिल्म पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएको छ। फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउतलगायतको अभिनय रहेको छ। फिल्मलाई सन्तोष सेन र चेतन गुरुङले संयुक्त निर्देशन गरेका हुन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.