डडेल्धुराका मगर समुदायले विभिन्न कार्यक्रम गरी ४१ औँ मगर दिवस मनाएका छन् ।
२०३९ साल फागुन १५ गते स्व. हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको अधिवेशनलाई आधार मानी मगर समुदायले हरेक वर्ष फागुन १५ गते मगर सङ्घ र सम्बन्धित सङ्घसंस्थाले एकता दिवसका रूपमा मनाउँदै आएका छन् ।
यसै अवसरमा आज (सोमबार) डडेल्धुराका विभिन्न पालिकाका मगर समुदायले ४१ औँ मगर दिवस मनाएका छन् । आलितालको डोलामा आयोजित ४१औँ मगर दिवस तथा दोस्रो आलिताल गाउँ पालिका अधिवेशनका अवसरमा मगर संस्कृति झल्काउने विविध मारुनी नाच सहित साथमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
नेपाल मगर सघका उपमहासचिव मीन बहादुर दर्लामीमगरको प्रमुख आतिथ्यमा तथा जिल्ला मगर संघका अध्यक्ष राम बहादुर जर्घा मगरको सभापतित्वमा मगर दिवस मनाइएको हो । कार्यक्रमको विशिष्ट अथितिमा पालिका उपाध्यक्ष मैना कुमारी रावल ,वडा अध्यक्ष धन बहादुर देउवा नेपाल मगर संघ केन्द्रिय सदस्य दिपक पुनमगर,नेपाल मगर संघ सुदुर पश्चिमका मुख्य सचिव रास बहादुर बुढामगर ,रहनु भएको थियो भने अतिथीमा सुदुर पश्चिमका पुर्व मुख्य सचिव रामचन्द्र पुनमगर,पुर्व केन्द्रिय सदस्य गणेश थापामगर लागायत मगर अगुवाहरुको उपस्थिति रहेको थियो ।
। तस्बिर:


