परशुराममा झाडापखालाका कारण बालिकाको मृत्यु, हैजा फैलिएको आशंका

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा डडेल्धुरामा झाडापाखालाका कारण एक बालिकाको ज्यान गएको छ। जिल्लाको परशुराम नगरपालिका ८ गुप्तेगडाकी १४ वर्षीया संगिता धामीको मंगलबार साँझ मृत्यु भएको हो।

केही दिनअघि बिरामी परेकी उनलाई हिजो बिहाज करिब नौ बजे जोगबुढा अस्पताल पुगाइएको थियो। धामीको झाडापखालाका कारण ज्यान गएको जोगबुडा अस्पतालका डाक्टर जितेन्द्र चौधरीले बताए। संगिताको शरिरमा पानीको मात्रा निकै कम भएको अवस्थामा थप उपचारका लागि धनगढी रेफर गरेकामा उनको बाटोमै मृत्यु भएको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

यस्तै सोही गाउँका अन्य ३ जना बिरामी समेत झाडापखालाका कारण अस्पताल भर्ना भएका छन्।
संगितासहित एकै परिवारका ५ जनालाई मंगलबार बिहान १० बजे उपचारका लागि जोगबुडा अस्पताल पुगाइएको थियो। यसैबीच मृतकका आफन्तले अस्पतालले लापरबाही गरेका कारण बालिकाको ज्यान गएको भन्दै बिरोध गरिरहेका छन्। अस्पतालले भने बिरामी भर्ना हुदा खेरी नै अवस्था गम्भिर भएको र शरिरमा पानीको मात्रा निकै कम भएको कारण मृत्यु भएको बताएको छ ।
बिरोध पछि अस्पतालले मृतकको परिवारसंग वार्ता तथा सहमतिका लागी छलफल गरिरहेको डाक्टर चौधरीले बताए ।

गुप्तेगडामा झाडापाखाला संक्रमण फैलिएको खबर पाएपछि जोगबुडा अस्पतालबाट स्वास्थ्यकर्मीको टोली उक्त क्षेत्रमा जान लागेको जोगबुडा अस्पतालका सुचना अधिकारी प्रकास घिमीरेले जानकारी दिए।

 उक्त क्षेत्रमा हैजा फैलिएको आशंकामा स्वास्थ्यकर्मीको टोली पठाउन लागीएको बताए । उनले भने त्यहाँबाट पानी तथा दिशाको नमुना लिएर जाँचका धनगढी पठाउने र नमुनाको रिपोर्ट आएपछि मात्रै पुष्टि हुन्छ ।

२०७५ सालमा पनि उक्त क्षेत्रमा झाडापखालाको संक्रमण फैलिएको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.