सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज धनगढी आउदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रवार दिउँसो कैलालीको धनगढी आउदै छन्। कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज धनगढी आउन लागेका हुन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोल मैदानमा शुक्रवार मध्याह्न १२ः३० मा महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आउन लागेको आयोजकले जनाएको छ। बिहीवार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघले प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने १७औं संस्करण सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको समेत जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.