डडेल्धुराको आलिताल गाउंपालिकाले एक विद्यालयको प्रध्यानाध्यापकलाई सामाजिक लेखा परिक्षण नगरेको भन्दै अर्को विद्यालयमा सरुवा गरेको छ । पालिकाको वडा न. ८ मा रहेको जनज्योति आधारभुत विद्यालयका प्रध्यानाध्यापक गणेश खडायतलाई सरुवा गरेको हो । स्थायी शिक्षक खडायतको घर पनि वडा न. ८ हम्तड नै हो उनी घरपाई जागीर गरिरहेका थिए ।
आलिताल गाउंपालिका अध्यक्ष शेर सिंह पार्कीले पालिकाले पटक पटक लेखा परिक्षणको लागी ताकेता गर्दा पनि प्रध्यानाध्यापकले अटेर गरे पछि सरुवा नै गर्नु परेको बताएका छन् । उनले सामाजिक संजालमा लेख्दै भनेका छन्
“पटक पटक को सूचनाका बाबजुद पनि ९ बर्ष देखि लेखा परिक्षण नहुनु र यो भन्दा पहिले का बि ब्य स. ले लेखा परिक्षण गराउन र गर्न नसक्नु नै जनज्योती आधारभुत विद्यालय हम्तडमा देखा परेको समस्या हो। धेरै थरिका कुरा लेख्नु र अनावश्यक टिप्पणी गर्नु भन्दा बिध्यालयको प्रशासनिक र लेखा प्रणाली चुस्तदुरुस्त राख्नु पर्नेमा सबैको ध्यान गम्भीर रुपमा जान जरुरी छ।हामीले गर्न खोजेको तेइ हो,कुनै हस्तक्षेप गर्न खोजियको होइन। बरु बिध्यालयको बिकास र हाम्रा भाइ बहिनी नानी हरुको पढाइमा पर्न सक्ने असरबाट समय मै सचेत गरायको हो।
भर्खर मात्र गठन भयको बि ब्य स ले राजिनामा दिनु को साटो ९ वर्ष देखी लेखापरीक्षण किन भयन भनेर गम्भीर हुन जरुरी छ। र अभिभाकको भुमिका निर्बाह गर्न अनुरोध छ।
किन के कति कारण ले ९ वर्ष सम्म लेखा परिक्षण भयन र हिसाब किताब खोज्न सक्नु पर्छ र यस्को दोसि को हो,खोज्नु पर्छ तेसैले त बि ब्य स चाहियको हो नि ?
कुन शिक्षक सरुवा भयो कस्को अनुहार कस्तो छ,हाम्रो पक्षको हो कि होइन भन्ने कुरामा कोहि पनि जानू हुदैन। नेपाल सरकारको तलब खाएको छ,उस्को कर्तब्य भनेको पढाउनु हो। बरु पढाइ को गुणस्तर मुख्य कुरा हो।
जनज्यती आधारभुत विद्यालय हम्तडको बारेमा सबै पक्ष, सरोकार वालाले गम्भीर भयर सोच्न र बुज्न जरुरी छ। समस्याको सामाधन तिर जानू पर्छ,पन्छिने होइन“।
यो पार्कीले फेसबुकमा लेखेको स्टाटस हो । केहि दिन अगाडी जनज्योति आधारभुत विद्यालयका विद्यार्थीलाई पोषाक वितरण गर्न पुगेका पार्कीले नौ बर्ष सम्म विद्यालयको सामाजिक लेखापरिक्षण नगराउने प्राध्यानाध्यापक खडायतलाई कार्बाही नै गर्ने बताएका थिए । उनले कार्यपालिकाबाट पटक पटक निर्णय नै गरेर लेखा परिक्षण गराउन ताकेता गरेता पनि अटेर गरेको बताउदै उनलाई कार्बाही नगरि सम्मान स्वरुप काज सरुवा गरेका छौ । उनले भने कार्बाही नै गर्नु पर्ने गल्तिलाई हामीले माफ दिएका छौं । अहिले हामीले काज सरुवा गरेका छौ ।
तेस्तै सोहि कार्यक्रममा वडा न. ८ का अध्यक्ष धन बहादुर देउबाले ९ बर्ष सम्म विद्यालयको लेखा परिक्षण नगरेर प्रध्यानाध्यापक खडायतले विद्यालयको बदनाम गरेको बताएका थिए । उनले सामाजिक लेखापरिक्षण नहुदा विद्यालयलाई आवश्यक सहयोग गर्न समेत कठीन भएको समेत बताएका थिए । अहिले प्रध्यानाध्यापक रहेका खडायतको वडा न. ३ मा रहेको आलिताल प्राथमिक विद्यालयमा काज सरुवा पठाईएको छ । भने उनको सट्टामा आलिताल प्राविकै प्रध्यानाध्यापक यादब बोगटीलाई पठाईएको छ । बोगटीले हिजो नै हाजिर लगाईसकेका छन् । भने खडायत अझै नयां विद्यालयमा हाजिर भएका छैनन् ।
उता जनज्योति आधारभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जयभान बोहरा सहित अरु तिन जना सदस्यले सामुहिक राजिनामा दिएका छन्। शिक्षक सरुवामा आफुहरुसंग समन्वय नै नगरेको बताउदै राजिमामा दिएको पत्रमा उल्लेख छ । स्थानिय अभिभावकहरुले पनि शिक्षकको सरुवा गरेर मात्र समस्याको सामधान नहुने बताएका छन् ।
यो पनि पढ्नुहोस्……
आलितालको जनज्योति विद्यालयमा किचलो,अध्यक्ष सहित चार जनाले दिए राजिनामा