चौबिसै घण्टा नागरिकलाई सेवा दिने आदर्शको यो वडा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डोटी : डोटीको आदर्श गाउँपालिकाको एक वडाले चौबिसै घण्टा सेवा दिइरहेको पाइएको छ ।
अन्य वडा कार्यालयमा कर्मचारी समयमा नआएर सेवाग्राहीलाई सास्ती पाइरहेको समचार सुनिरहदा डोटीको आदर्श गाउँ पालिका वडा न. ६ ले भने नागरिकलाई चौबिसै घण्टा सेवा दिने गरेको पाइएको हो ।
आदर्श गाउँपालिकाकै विकट मानिने ६ न. वडाले त्यहाँका नागरिकलाई आबश्यक परेको समयमा जुनसुकै समयमा कार्यालयले सेवा दिने गरेको वडाका सचिव श्याम सिंह धामीले बताए । सचिव धामीका अनुसार दुरीको हिसावले ६ न. वडा निकै दुर्गम भएको र पालिका तथा जिल्ला प्रशासन लगाएत अन्य कार्यालय जान बिहानै जानू पर्ने भएकोले पनि सेवाग्राही कार्यालय बिहानै पुग्ने गरेको बताए । वडा कार्यालयले आफ्नो आवासको ब्यबस्था वडा कार्यालयमा नै ब्यवस्था गरिदिएकोले पनि जतिबेला सेवाग्राही आएपनि सेवा दिन सहज भएको बताए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

वडा सचिव श्याम सिंह धामी

Dadeldhura Hospital

दोस्रो कार्यकालको जिम्मेवारी समालिरहेका वडा अध्यक्ष लाल बहादुर खडायतले आफ्नो वडाले चार बर्ष देखि नै सेवा ग्राहीलाई चौबिसै घण्टा सेवा दिइरहेको बताए । अध्यक्ष खडायतका अनुसार आदर्श गाउँ पालिका कै भौगोलिक हिसाबले विकट वडा भएको र सेवाग्राहिले थप सेवा लिन धेरै टाढा जानू पर्ने भएकोले बिहानै देखि सेवा दिन थालिएको बताए ।

वडा अध्यक्ष लाल बहादुर खडायत

दियालोखबरको टिम साझको ६ बजे वडा कार्यालय पुगेको थियो सोही समयमा पनि कार्यालयले सेवाग्राहीलाई सेवा दिइरहेको देखे पछि सोधपुछ गर्दा अध्यक्ष खडायतले यस्तो बताएका हुन । साझको ६ बजे पनि सेवा पाइरहेका सेवाग्राही झिंगडा बस्ने ललिता अधिकारीले वडा कार्यालयले जुनसुकै समयमा आए पनि आफुहरुलाइ सेवा दिने गरेको बताए ।
अधिकारीले सरकारी कार्यालयको बन्द हुने र खुल्ला हुने समय थाहा भएतापनी वडाले आफुहरुलाई जहिले आए पनि काम गरिदिने भएकाले फुर्सद मिलाएर साझ पख सेवा लिन आएको बताए । स्थानिय नागरिकले पनि वडाले सबै सेवाग्राहीलाई परेको बेला जुनसुकै समयमा सेवा दिने गरेको बताएका छन् । स्थानिय पदम खडायतले वडाले धेरै पहिले देखि नै वडाको नागरिकलाई चौबिसै घण्टा सेवा दिने गरेको बताए । वडाले यस्तो सेवा दिदा यहाँका नागरिकलाई बिहान गाउँपालिका तथा जिल्ला प्रशासन गएर साझ घर फर्किन सहज भएको बताए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.