राष्ट्रपति पौडेल पुगे अछामको वैद्यनाथ धाममा

sc mahendra

डडेल्धुरा :राष्ट्रपति रामचन्द्र पौडेल आज (बिहिबार) अछाम पुगेका छन्। उनी वैद्यनाथमा लाग्ने ‘कोटिहोम’ उद्घाटन गर्न अछाम पुगेका हुन। राष्ट्रपति पौडेले बिहिवार कोटीहोमको उद्घाटन गरेका छन्।

बिहिवारबाट सुरु भएको कोटिहोम फागुन २५ गतेसम्म सञ्चालन हुने छ। शिवरात्रिको दिनसम्म अछामको वैद्यनाथ धाममा कोटिहोमको आयोजना गरिएको हो।

नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोम सुरु भएको छ।साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा आजदेखि २५ गते शिवरात्रिसम्म कोटिहोम महायज्ञ सञ्चालन हुनेछ। वैद्यनाथ धामको धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्वको प्रचार प्रसार, वैदिक सनातन धर्म संस्कृतिको संरक्षण सम्वर्द्धन,समाजमा आध्यात्मिक चेतनाको पुनर्जागरण, वैद्यनाथ धामलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गराउने, गुरुकुल शिक्षाको सुदृढीकरण तथा वैद्यनाथ वेद विद्याश्रमलाई आयुवर्दे माविमा स्तरोन्नति, लोक संस्कृति, कोककला, लोकगाथाको संरक्षण सम्वर्द्धन गर्ने उद्देश्यका साथ कोटिहोमको आयोजना गर्न लागिएको बताइएको छ।
कोटिहोम महायज्ञमा एक करोड ५० लाख खर्च हुने अनुमान छ।

You might also like
Leave A Reply

Your email address will not be published.