साइपालमा दश शैया अस्पतालको काममा तिब्रता

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

रमेश बहादुर सिंह बझाङ
बझाङ जिल्लाको साइपाल गाउँपालिकामा निर्माणाधिन दश शैया अस्पतालको काम तिब्र गतिमा अद्दि बढीरहेको छ। २०७९सालमा जोगल कन्ट्रक्सन कम्पनीले सम्झौता भई काम सुरु भएको अस्पतालको अहिले ८० प्रतिशत काम सम्पन भएको हो । जोगल कन्टसेन कम्पनीका इन्जिनियर भुपेन्द्र जोशीले का अनुसार अस्पतालको कुल बजेट २२ करोड रुपैयाँ रहेको छ।
निर्माण हुन लागेको यो अस्पतालको भौगलिक रुपमा टाढा र यातायात नभएकाले हरेक सामानहरु हेलिकप्टरबाट ढुवानि गरिन्छ । भौगोलिक विकटता र निकै समस्याको बाबजुद पनि आफुहरुले यो दश शैयाको अस्पताल बनाउन निकै समस्या बिगतमा भोग्नु परेको गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताइन। अहिले ८० प्रतिशत भौतिक तर्फको काम सम्पन हुदाँ आफुलाई पनि निक्कै खुसी महसुस भएको उनको भनाइ रहेको छ।
२०८२ माघ सम्म सम्पन्न गर्नुपर्ने यो भवनको सम्झौता मिति रहेको छ। तर निर्माण कम्पनीले भने सम्झौता मिति अघि नै निर्माण गरेर सक्ने दाबी गरेको छ। यो कामको तिब्रता हेर्दा निर्माण कम्पनीले सम्झौता मिति भन्दा केही समय अघि नै सक्ने देखिन्छ। यो अस्पताल निर्माण भइसकेपछी यहाँका मानिसहरू लाई स्वास्थ्यमा सेवा हुने देखिन्छ। यो अस्पताल को निर्माणले साइपाल बासिलाई निकै राहत हुने देखिन्छ । ‌

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.