डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकाद्वारा ४ जना कर्मचारीलाई बर्षको उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरेको छ । गाउँपालिकाले आफ्नो गाउँपालिका मातहतका शाखामा कार्यरत कर्मचारीहरुलाइ सम्मान गरेको हो ।
गाउँपालिकाले सोमबार १७ औं गाउं अधिवेशन कार्यक्रममा उत्कृष्ट काम गर्ने चार जना कर्मचारीहरुलाई नगद २ हजार ५ सय नगद सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो ।
आर्थि बर्ष २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन गर्ने चार जना कर्मचारीलाई सम्मान गरिएको पालिका अध्यक्ष शेर सिंह पार्कीले जानकारी दिए ।
सम्मानित हुने कर्मचारीहरुमा लेखा शाखाका प्रमुख लेखापाल पारसमणी साउद , स्वास्थ्य शाखाका प्रमुख धन बहादुर क्षेत्री, तेस्तै रोजगार शाखाका प्रमुख देबिसरा सारुमगर र पञ्जीकरण शाखाका प्रमुख शेर बहादुर देउवा रहेका छन् ।
अध्यक्ष पार्कीले जनताको सेवामा कर्मचारीहरुले गरेको कामका आधारमा उत्कृष्ट कर्मचारी छनोट गरेर नगद सहित सम्मानित गरिएको बताउनुभयो । उहाँले जनताको सेवाका लागि जनप्रतिनिधिको भन्दा कर्मचारीको महत्वपूर्ण भूमिका हुने भन्दै कर्मचारीहरुलाई इमानदारिताका साथ काम गर्न समेत आग्रह गनुभयो ।
