बझाङलाई पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा,मष्टा जिल्लाकै उत्कृष्ट

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

रमेश बहादुर सिंह बझाङ
बझाङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । बाह्र वटा स्थानिय तह रहेको यस  जिल्लामा ‌सबै भन्दा उकूष्ट मष्टा गाउँपालिका भएको छ। जिल्ला समन्वय समिति मुल्यांकनमा पुर्णाअंक एक सयमा ८८ अंक ल्याएर बाह्र वटै स्थानिय तह मध्ये पहिलो हुन सफल भएको थियो।
यस अगाडि जिल्लाका बाह्रवटै पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको थियो ।

Dadeldhura Hospital


जिल्ला स्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयद्वारा शुक्रवार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति उपप्रमुख एवं जिल्ला स्तरीय खोप समन्वय समिति संयोजक किष्ण बहादुर बिष्टले खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताए ।
जिल्ला पूर्णखोप घोषणा गरेपश्चात नयाँ जन्मने तथा अन्यत्रबाट बझाङ जिल्ला भित्र आएर बसोबास गर्ने सबै बालबालिकाले पाउनु पर्ने सबै खोप पाएको सुनिश्चत गर्ने गरिएको  बताए ।
स्वास्थ्य कार्यालय बझाङका प्रमुख लाल बहादुर धामीले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्यांक संकलन गरी खोप लगाइएको जानकारी दिए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा


बझाङ जिल्लाका बाह्रवटै पालिकाका कुल ९४ वटा वडाका बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख धामीले जानकारी दिए । हिजो भएको कार्यक्रम अध्यक्षता जिल्ला समन्वय समितिका उपप्रमुख किष्ण बहादुर बिष्ट रहेका थिए। उक्त कार्यक्रममा जिल्ला का १२ वटै स्थानिय तह का स्वास्थ्य शाखालाई समेत सम्मान पत्र समेत हस्तानतरण गरेको थियो

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.