बझाङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

sc mahendra

बझाङ : बझाङको बुङ्गल नगरपालिका- १० टुमेडामा आइतबार राति गएको पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।

गए रातिको पहिरोले वीरबहादुर धामीको घर पुरिएको थियो। उक्त घटनामा परी मृत्यु भएका चारै जनाको शव निकालिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार पहिरोमा पुरिएर ५५ वर्षीया काली धामी, २५ वर्षीया गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामीको मृत्यु भएको छ। स्थानीय र प्रहरीहरूले उनीहरूको शव निकालेका हुन्।

राति पहिरो आएपछि सोही घरमा सुतिरहेका ६ जनाले भने भागेर ज्यान जोगाएका थिए। त्यसक्रममा घाइते भएकाहरूको उपचार भइरहेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले ६ जनाको जीवितै उद्धार गरिएको जानकारी दिइन्। ‘चार जनाको मृत्यु भएको र ६ जनाको उद्घार गरिएको खबर छ, हामी राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाँदैछौँं,’ उनले भनिन्।

वीरबहादुर धामी, उज्जल धामी, रोशन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामीको जीवितै उद्धार गरिएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.