डडेल्धुरा:डडेल्धुरामा भिरबाट लडेर मृत्यु भएका हर्कबहादुर मडैको परिवारलाई राहत प्रदान गरिएको छ।
कन्चनपुरमा रहेको नेपाल मोबाइल संघले मृतक मडैको परिवारलाई न्यानो कपड़ा तथा चामल,दाल,तेल लगायत खाध्यान्न सामाग्री वितरण गरेको हो ।
गाउँपालिका–३ सुदुम स्थित चौरभिरबाट लडेर ४६ वर्षीय हर्कबहादुर मडैको गत मंसिर २२ गते मृत्यु भएको थियो ।
मडै परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको र परिवारलाई पालन पोषण गर्न समेत हम्मे परिरहेको खबर प्राप्त भए पछि केही राहत सामाग्री प्रदान गरिएको युवा ब्यबसायी सिद्धराज भट्टले बताए । मडै परिवारलाई भारत तथा नेपालबाट पनि सहयोग प्राप्त भइरहेको छ ।
