गैरा-गांखेत सडकको निर्माण कार्य समयमै नसकिँदा स्थानिय आक्रोशित,आन्दोलनको तयारी गर्दै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : गैरा-गांखेत सडकको निर्माण कार्य समयमै नसकिँदा स्थानिय आक्रोशित भएका छन् भने भिमदत्त राजमार्गको गैरामा सडक चक्काजाम गरी आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्

सडक डिभिजन कार्यालय कुलपाते डोटीसंग २०७८ साल माघ २६ गते JDMR Builders Kathmandu ले ठेक्का सम्झौता गरी निर्माण थालिएको  आलिताल गाउंपालिकाको गैरा-गान्खेत सडक २०७९ साल जेठ ३० गतेभित्र सम्पन्न हुनुपर्ने भए पनि हालसम्म अधूरै रहेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

ठेक्का नं. RDDOT/३३७०११६९४/०७८/०७९-०३२ अन्तर्गतको यस योजनाको ढिलासुस्तीले आलिताल गाउँपालिकाका वडा नं. १ र २ का स्थानीयवासी आक्रोशित भएका हुन् ।

Dadeldhura Hospital

जनताको दैनिकीमा यातायात असुविधा र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थपिएको भन्दै, वडा र पालिकाले पटक-पटक निर्माण कम्पनीलाई निर्माण कार्य अगाडि बढाउन ताकेता गरेको तर कुनै ठोस प्रतिक्रिया प्राप्त नभएको जनाइएको छ।

वडा अध्यक्ष प्रमोद बहादुर मल्लले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यदि एक महिनाभित्र निर्माण कार्य सुरु नभए, स्थानीयवासी भिमदत्त राजमार्ग अन्तर्गत गैरा बजार क्षेत्रमा सडक अवरोधसहित आन्दोलनमा उत्रनेछन्।” स्थानीयहरूले सरकार र सम्बन्धित निकायलाई निर्माण कम्पनीमाथि कारबाही गर्न, निर्माण कार्यलाई छिटो सम्पन्न गर्न नयाँ प्रक्रिया अपनाउन, र विकास योजनाको अनुगमनलाई प्रभावकारी बनाउन माग गरेका छन्।

गान्खेतबासीको आक्रोशसँगै, यो विषयले निर्माण कम्पनीको जिम्मेवारी र प्रशासनिक प्रक्रियाको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.