आफ्नो दश महिने छोरी बचाइ दिन धामीको आग्रह:सक्नेले सक्दो सहयोग गरौं

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराको परशुराम नगरपालिका १२ का टेक धामिले आफ्नो दस महिनाकी सर्मिला धामीलाई बचाइ दिन आग्रह गरेका छन । जिल्लाको परशुराम नगरपालिका १२ का टेक धामीका दस महानाकी छोरी सर्मिलाको मुटुमा प्वाल देखा परे पछि थप उपचारमा आर्थिक अभाव भए पछि समस्या आएको हो । १० महिने सर्मिला बिरामि परे पछि उनलाई उपचारका लागि धनगढी स्थित बाल हस्पिटल लगिएको थियो । त्यहाँ चेकजाच गर्ने क्रममा मुटुमा समस्या रहेको भन्दै थप उपचार गर्न काठमाण्डु लग्नु पर्ने डाक्टरको सल्लाह पछि आफू आर्थिक समस्यामा परेको टेक धामीले बताए ।
उपचारका लागि काठमाडौं लग्नुपर्ने भएपनि आर्थिक समस्या भएकाले हालसम्म लग्न नसकेको धामी बताउँछन् । सर्मिलाको उपचारका लागि गाउँमा सापटी रुपैयाँ माग्न घर घर पुगेपनि कसैले नदिएको धामीको गुनासो छ । उनले आर्थिक सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् ।
धामी दुःख पोख्दै भने ‘१० महिने मेरि छोरि सर्मिलाको उपचार मैले जसरी पनि गर्नुछ । यति सानै उमेरमा मुटुमा दुई वटा प्वाल परे । उपचारका लागि धनगढी लगे तर त्यँहाबाट काठमाडौँ लग्नु भन्यो । अब मसँग त्यत्रो पैसा छैन कसरी लग्ने भन्ने मनमा ठुलो परि परेको छ । गाउँमा पछि ब्याजसहित तिर्छु भनेर पैसा माग्दा पनि कसैले दिँदैनन् । हजुरहरु समक्ष यति आग्रह गर्छुकी जति हुन्छ सहयोग गरिदिनु होला । सहयोग गर्नुहुनेछ भन्ने ठुलो अपेक्षा राखेको छु।’उनले भनेका छन ।
सहयोग गर्न चाहनु हुनेले खाता न.२४४०१०००८१९०२१०००००१, शाखा जोगबुढा भएको नेपाल बैंक लिमिटेडको खातामा रकम पठाउन सक्नुहुनेछ । थप जानकारीका लागि ९८४८८३०३९९, ९८२४७३९०८६, ९८२२६८४७७४ मा जानकारी लिन सक्नु हुनेछ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.